सौर्य एयरको विमान दुर्घटनाको छानबिन गर्न सरकारलाई प्रचण्डको ध्यानाकर्षण
९ साउन काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सौर्य एयरको विमान दुर्घटनाको छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत दुर्घटनाले राष्ट्रलाई गम्भीर क्षति पुगेको बताएका छन् । “यस दुर्घटनाबाट राष्ट्रलाई गम्भीर क्षति पुगेको छ, देशले दक्ष प्राविधिकहरू गुमाएको छ । दुर्घटनाको व्यवस्थित उद्धार, घाइतेको प्रभावकारी उपचार र घटनाको छानकिनका लागि नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै धैर्य धारणका निम्ति सम्पूर्णमा हार्दिक अपील गर्दछु,” उनले लेखेका छन् ।बुधबार बिहान ११ः११ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको छ ।