एउटै कम्युनिस्ट पार्टी निर्माण गर्न जुटौँ – संयोजक गौतम


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन १३ २०८१
3.1K
SHARES

१३ साउन काठमाडौं । नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले नेपालका सबै कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा उनले मुलुकमा शक्तिशाली कम्युनिस्ट पार्टी चाहिएको उल्लेख गरे । त्यसका निम्ति सबै कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्नुपर्नेमा उनले जोड दिए ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाललगायत नेताहरू सहभागी उक्त कार्यक्रममा गौतमले कम्युनिस्ट पार्टी फुट्दै जाँदा समाजवाद निर्माण गर्न नसकिने बताए । सबै कम्युनिस्ट पार्टी एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ थियो ।

उनले केही कम्युनिस्ट पार्टीबीच भिन्नता भए बसेर हल गर्न सकिने पनि बताए ।