मैले सहकारीबाट ऋण लिएको प्रमाण खोइ – सभापति लामिछाने


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन १५ २०८१
3.5K
SHARES

१५ साउन काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस महामन्त्री गगन थापालाई आफूमाथि लगाएको आरोपको पुष्टि गर्न चुनौती दिएका छन् ।प्रतिनिधि सभाको बैठकमा बोल्दै सहकारीमा आफूले निवेदन दिएर ऋण लिएको प्रमाण अहिलेसम्म नपाएको बताए ।

उनले गगनलाई लक्षित गर्दै भने, ‘एकजनाले मैले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नुभएको थियो, मैले भनेको थिएँ त्यो प्रमाण बाटोमा तपाईंले जहाँ फ्याकेर हिँडेपनि म राजनीति छाड्छु भनेर । मैले आजसम्म त्यो प्रमाण पाउन सकेको छैन । यसरी सदनलाई झुक्याउने गलत कुराहरु भन्दिने ।’ उनले ठूला भ्रष्टाचारको काण्डहरुमा गलत सूचनाहरु दिएर संसद र राष्ट्रलाई भ्रममा पार्ने काम गर्न नहुने बताए ।