सरकारलाई बंगलादेशको घटनाक्रमपछि प्रचण्डले दिए यस्तो चेतावनी


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन २१ २०८१
35.1K
SHARES

२२ साउन विराटनगर । आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले बंगलादेशको पछिल्लो घटनाबाट नेपाली शासकहरुले पनि पाठ सिक्नुपर्ने बताएका छन् ।

सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुले बंगलादेशको घटनाबारे सोधेका थिए । विद्यार्थीहरुको आन्दोलन चर्किएपछि शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छाडेकी छन् ।उनले अगाडि भने, ‘म यत्ति भन्छु, हामीसँग बहुमत छ जे गरे पनि हुन्छ भनेर शासकहरुले ठान्नु दुर्भाग्यपूर्ण भन्ने कुरा नेपाली शासकहरुले बुझ्दा राम्रो हुन्छ ।