टीआरसी विधेयक कानुन समितिबाट सर्वसम्मतिले पारित


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन २४ २०८१
1.4K
SHARES

२४ साउन काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक प्रतिनिधिसभाअन्तर्गतको कानुन समितिबाट सर्वसम्मतिले पारित भएको छ ।  बिहीबार प्रतिवेदनसहित पारित भएको समिति सभापति विमला सुवेदीले जानकारी दिइन् ।

विधेयक फूल हाउसको आगामी प्रतिनिधिसभा बैठकमा पेस गर्न सभामुखलाई पत्र लेखेर अनुरोध गर्ने र अनुमति पाए अर्को बैठकमा पेस गर्ने समिति सभापति सुवेदीले बताइन् ।