‘जनयुद्ध’ भन्न सकिँदैन – चित्रबहादुर केसी


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन ३० २०८१
2.5K
SHARES

३० साउन काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले माओवादी सशस्त्र युद्धलाई ‘जनयुद्ध’ भन्न नसकिने बताएका छन् ।बुधबार प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० वर्षे सशस्त्र युद्धलाई जनयुद्ध नभनेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि असन्तुष्टि व्यक्त गरेका थिए । सोही विषयमा टिप्पणी गर्दै अध्यक्ष केसीले सशस्त्र युद्ध उग्रवामपन्थी भड्काब भएकाले त्यसलाई जनयुद्ध भन्न नसकिने बताए ।

प्रचण्डप्रति संकेत गर्दै अध्यक्ष केसीले त्यो जनयुद्ध भएको भए माओवादी सत्ताका लागि मरिहत्ते गर्थ्यो भनेर प्रश्नसमेत गरे । पछिल्लो २० महिनामा पदका लागि दुईपटक बालकोट, दुईपटक बूढानीलकण्ठ पुग्ने काम जनयुद्धको परिणाम नभएको अध्यक्ष केसीको भनाइ थियो । उनले सशस्त्र द्वन्द्वका क्रममा राज्यपक्ष र तत्कालीन विद्रोह माओवादी पक्षबाट युद्ध अपराधमा सामेल सबैलाई कारबाहीको दायरामा ल्याउन पनि सरकारसँग माग गरे ।अध्यक्ष केसीले युद्ध अपराधमा संलग्नहरूलाई उन्मुक्ति दिने काम गरेकाले संक्रमणकालीन न्याय निरुपणको काममा ढिलाइ हुन पुगेको पनि बताए ।