अमेरिकी उपविदेशमन्त्री बर्मा काठमाडौँ आइपुगे


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन ३२ २०८१
2.3K
SHARES

३२ साउन काठमाडौं । अमेरिकाको विदेश मन्त्रालयका व्यवस्थापन र स्रोतसम्बन्धी उपराज्यमन्त्री रिचार्ड आर. बर्मा नेपाल आइपुगेका छन्। काठमाडौँस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत बर्मा आज बिहान काठमाडौँ आइपुगेको जानकारी दिएको हो।  उनलाई अमेरिकी राजदूत डिन थम्पनले स्वागत गरेका छन्।

भ्रमणका क्रममा उनले नेपाल सरकारका नेतृत्वकर्ता, यूएसएआईडी नेपालका कार्यक्रम कार्यान्वयनका साझेदार, चिया विज्ञ र नेपाली व्यवसायीसँग भेट्ने दूतावासले जानकारी दिएको छ।