म माओवादीको कहिले हुन्छु होला – नेता शर्मा


Capital Headline
प्रकाशित मिति : शनिबार, भाद्र १ २०८१
11.5K
SHARES

१ भदौ काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीभित्रबाटै आफूले विभिन्न आरोप खेपिराख्न परिरहेको गुनासो गरेका छन् ।नेकपा माओवादी काठमाडौं-रुकुम पश्चिम सम्पर्क समितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै शर्माले अध्यक्ष प्रचण्डमाथि प्रश्न गरे ।

एमालेसँग एकता गर भन्नुभयो केपी ओलीको मान्छे भएँ, कांग्रेससँग सहकार्यको लागि वार्ता गर भन्नुभयो, म कांग्रेसको भए, माओवादीको हुने ठाउँ छ कि छैन अध्यक्ष कमरेड म ? म माओवादीको कहिले हुन्छु होला’, प्रचण्डलाई प्रश्न गर्दै उनले भने, ‘हुन पाउनुपर्‍यो नि ! ४८ वर्ष भइसक्यो पार्टीमा लाग्या, माओवादी हुन पाउनुपर्दैन म ? प्रचण्डको कहिले हुन्छु होला म ? देउवाको केपीको मात्रै हुने भए, तपाईंको म हुन पाउनु पर्दैन ? त्यसकारण तथ्य छाडेर भ्रम सिर्जना गरेर केही हुँदैन ।’