मायाले निद्रा र थकाइ बिर्साउँछ – प्रधानमन्त्री


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र ९ २०८१
2.2K
SHARES

९ भदौ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाज मर्यादित भएकाले यहाँ अश्लीलता र सामाजिक घृणा फैलाउन सम्भव नहुने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले) झापा–काठमाडौं सम्पर्क मञ्चद्वारा तिजका अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल फरक कला, संस्कृति र सभ्यताको देश भएकाले यहाँ अश्लीलता फैलाउन सम्भव नहुने बताएका हुन् ।“हामीले एकापसमा घृणा फैलाउने होइन, परस्पर माया फैलाउनुुपर्छ । देश, समाज, परिवार र आफैँलाई माया गर्नुपर्छ,” प्रधानमन्त्रीले भने, “मायाले निद्रा र थकाइ बिर्साउँछ । दिदीबहिनी र दाजुभाइमा तिजले ममता बढाउँछ । यस्ता महत्त्वपूर्ण चाडले नेपाली समाजलाई एकताको सूत्रमा बाँध्ने काम गर्छ ।”

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, एमाले केन्द्रीय सदस्य इन्द्र भण्डारीलगायत व्यक्ति कार्यक्रममा सहभागी थिए ।