आज संसदमा प्रचण्डले सम्बोधन गर्ने
Capital Headline
प्रकाशित मिति :
मंगलबार, भाद्र ११ २०८१
2K
SHARES
११ भदौ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै छन् । आज दिउँसो एक बजे बस्ने प्रतिनिधि सभा बैठकमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
उनका अनुसार अध्यक्ष प्रचण्डले विशेष समयमा सम्बोधन गर्ने छन् । अध्यक्ष प्रचण्डले संक्रमणकालीन न्याय र पछिल्लो राजनीतिक अवस्थाबारे पार्टीको धारणा राख्ने तयारी गरेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट