वैकल्पिक शक्ति काण्डमा फसे – डा. बाबुराम भट्टराई


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक ६ २०८१
2.6K
SHARES

६ कार्तिक पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा. बाबुराम भट्टराईले पुराना राजनीतिक शक्ति ओह्रालो लागेको र वैकल्पिक भनिएका पार्टीहरू समेत विभिन्न काण्डमा फसेका भन्दै आफ्नै पार्टीले परिवर्तन गर्ने बताएका छन् । उनले कांग्रेस, एमाले र माओवादीको ओह्रालो लाग्ने क्रम सुरु भैसकेको बताए । यस्तै, नयाँ र वैकल्पिक शक्ति पनि काण्डहरूबाट उठ्न नसकेको उनको तर्क छ ।

कांग्रेस, एमाले र माओवादीहरू ओह्रालो लाग्ने क्रम निरन्तर छ । वैकल्पिक भनिएकाहरू पनि एकपछि अर्को काण्डमा फसिरहेका छन्,’ उनले भने, ‘देशलाई केही वर्षभित्रै अग्रगामी परिवर्तन शक्ति दिनुपर्ने छ । त्यो नेसपा नै हो ।’