बुढानीलकण्ठ र बालकोट डराएर रातारात सरकार ढालियो – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक ६ २०८१
2.9K
SHARES

६ कार्तिक काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले भुटानी शरणार्थी काण्डका आरोपित समातिन थालेपछि आफ्नो सरकार ढालिएको बताएका छन्।

प्रेस सेन्टर नेपाल जुम्लाले कनकासुन्दरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले भ्रष्टाचारविरुद्ध कडा कदम चालेपछि सरकार ढालिएको बताएका हुन्।

‘मेरो नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्व कडा कदम चाल्यो। धमाधम भ्रष्टाचारी पक्रिन थाल्यो। भुटानी  शरणार्थी काण्डका आरोपित समातिन थालेपछि सरकार ढालियो। त्यसले बुढानीलकण्ठ र बालकोट डराए। रातारात सरकार ढालियो,’ उनले भने।

वर्तमान सरकार उल्टो दिशामा हिँडिरहेको आरोप लगाउँदै प्रचण्डले संसारभर कतै पनि दुई ठुला दल मिलेर सरकार बनाएको इतिहास नभएको बताए। उनले भने, ‘दुई ठुला दल मिलेपछि तेस्रो दल सरकारबाट बाहिएको हो, लोकतन्त्रमा यस्तो हुँदैन। अन्य देशमा पनि दुई ठुला दल मिलेको इतिहास छैन।’