आजैदेखि रास्वपाले पोखरा आन्दोलन टुंग्याउने


Capital Headline
प्रकाशित मिति : बिहिबार, कार्तिक ८ २०८१
4.7K
SHARES

८ कात्तिक काठमाडौं । रास्वपाले पोखरा केन्द्रित आन्दोलन आजैदेखि टुंग्याउने बताएको छ । पोखरामा अहिले पत्रकार सम्मेलन गरेर रास्वपाले पोखरा केन्द्रित आन्दोलन आजैदेखि टुंग्याउने तयारी गरेको जनाएको हो ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछानेलाई राज्यले प्रतिशोध साँधेको भन्दै रास्वपाले पोखरा केन्द्रित आन्दोलन गरेको थियो । पोखरामा स्थानीयको उल्लेख्य साथ नपाएको रास्वपाले आजैदेखि आन्दोलन स्थगित गरेर काठमाडौं केन्द्रित गर्ने जनाएको हो ।