जनताको आशा र भरोसा सरकारप्रति रहेको शेखर कोइरालाको दाबी


Capital Headline
प्रकाशित मिति : बिहिबार, कार्तिक ८ २०८१
2.1K
SHARES

८ कात्तिक विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले वर्तमान सरकारले विकासमा तीव्रता दिनुपर्ने बताएका छन् ।नेपाल प्रेस युनियन मोरङ शाखाले विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न बनेको सरकारप्रति जनताको आशा र भरोसा रहेको जिकिर गरे ।उनले सरकारसँग कम समय भएकाले जनताका चासो र विकासमा तीव्रता दिनुपर्ने धारणा राखे । मुलुकका केही ठूला दलले प्रदेश संरचनालाई बलियो बनाउन नचाहेको उनको भनाइ थियो ।

नेता कोइरालाले मुलुकको समग्र विकासका लागि संघीयता आवश्यक रहेको बताउँदै संघीयतालाई बलियो बनाउन प्रदेशलाई अधिकार दिनुपर्ने धारणा राखे ।उनले दल विभाजन ऐन सरकारको प्राथमिकतामा नरहेको पनि बताए ।अर्को प्रसंगमा उनले नेपालको परराष्ट्र नीतिमा एकरूपता हुनुपर्ने धारणा राखे ।