सरकारले सय दिनमा राम्रो काम गर्यो – सभापति देउवा
९ कात्तिक काठमाडौं । सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सय दिनको काममा कांग्रेस सन्तुष्ट रहेको बताएका छन् ।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको उनको प्रष्टोक्ति छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै देउवाले हनिमुन डेजमा सरकारले राम्रो काम गरेको बताए ।
सबै किसिमबाट सरकारले गति लिएको भन्दै उनले विपद् व्यवस्थापन र राहत, उद्धारमा सरकारले कामै गरेन भनेर भ्रम फैल्याइएको टिप्पणी गरे । वर्तमान सरकार पूरा कार्यकाल जाने र ओली २ वर्ष प्रधानमन्त्री बनिसकेपछि बाँकी डेढ वर्ष आफूले नेतृत्व गर्ने देउवाले बताए ।