अब पनि नसच्चिए माओवादीले अर्को कदम चाल्छ – नेता श्रेष्ठ


Capital Headline
प्रकाशित मिति : शनिबार, कार्तिक १० २०८१
4.2K
SHARES

१० कार्तिक काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचारी, ठग र राज्य लुट्नेहरुले निद हराम भएपछि प्रचण्ड नेतृत्वको सरकार ढालेको दाबी गरेका छन् ।
सरकारविरुद्धको खबरदारीसभालाई सम्बोधन गर्दै उनले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्धको अभियान चलाएर सामाजिक र आर्थिक रुपमा अगाडि बढाउने प्रयास गरेको बताए ।

उनले भने, ‘हामीले भ्रष्टाचार र ठगीविरुद्ध ठूलो अभियान सञ्चालन गर्‍यौं । राज्यलाई लुट्नेहरुविरुद्ध ठूलो अभियान सञ्चालन गर्‍यौं । हामी दाबीका साथ भन्न सक्छौं, यो देशमा राणाशासनपछि २०७७ देखि बनेको सरकारले गर्न नसकेको काम हाम्रो सरकारले गर्‍यो । भ्रष्टाचारीहरुलाई कानूनको दायरामा ल्यायौं । त्यसबेला प्रचण्ड प्रधानमन्त्री र म गृहमन्त्री हुँदा सुत्न नपाइने भयो, निद हराम भयो, गर्दियो भनेर भ्रष्टाचारी, ठग र राज्य लुट्नेहरुले भन्थे ।’