बढ्यो सुनको भाउ


Capital Headline
प्रकाशित मिति : सोमबार, मंसिर २४ २०८१
5K
SHARES

२४ मंसिर काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ उकालो लागेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ५० हजार १०० रुपैयाँ कायम भएको छ।

हिजो सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेर १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको छ। आज चाँदीको भाउ स्थिर रहँदै १ हजार ८६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा २५ रुपैयाँले घटेर चाँदी १ हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो।