विद्युत प्राधिकरणलाई बिचौलियाको हातमा सुम्पिन कुलमानलाई हटाइयो – माओवादी
Capital Headline
प्रकाशित मिति :
बुधबार, चैत्र १३ २०८१
1.6K
SHARES
१३ चैत काठमाडौं । नेकपा माओवादी केन्द्रले विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोध गरेको छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वमन्त्रीसमेत रहेका माओवादी सांसद शक्ति बस्नेतले घिसिङको बर्खास्ती बक्यौता उठाउन नदिने, जलमाफियाहरूको स्वार्थ पूरा गर्ने, विद्युत प्राधिकरणलाई बिचौलियाको हातमा सुम्पिने उद्देश्यमा आधारित रहेको बताए । उनले राम्रो काम गर्नेहरू पुरस्कृत हुन्छन् भन्ने सन्देश प्रवाह गर्नुपर्नेमा सरकार उल्टो बाटोमा हिँडिरहेको बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट