सर्वोच्च गए कुलमान घिसिङ


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र १३ २०८१
4.1K
SHARES

१३ चैत काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त भएपछि कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन्।बुधबार अपराह्नमा घिसिङको तर्फबाट लोकमणि पोखरेलले रिट लिएर सर्वोच्च पुगेका हुन्।सर्वोच्चका प्रवक्ता अच्युत कुईकेलका अनुसार रिट दर्ता हुन बाँकी छ।

‘रिट आएको छ। तर दर्ता भइसकेको छैन। ५ बजेतिर मात्रै आउनुभएकोले ढिला भयो। यसमा भोलि हेरिनेछ,’ उनले भने। घिसिङले आफूलाई गैरकानुनी रूपमा प्राधिकरणबाट हटाइएको भन्दै रिट दायर गर्न लागेका हुन्।

उनले नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, नेपाल विद्युत प्राधिकरणलाई विपक्ष बनाइएको छ।सोमबार बसेको मन्त्रिपरिषदको बैठकले घिसिङलाई प्राधिकरणबाट बर्खास्त गर्ने निर्णय गरेको थियो। सरकारले हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक बनाउने निर्णय गरेको छ।