नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरियो – प्रधानमन्त्री


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र १४ २०८१
2K
SHARES

१४ चैत काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर विपक्षीले सदन अवरुद्ध गरेको बताएका छन् ।महिला उद्यमी महासंघको आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले एक निकायको कर्मचारी हेरफेरको सवालमा सदन अवरुद्ध गर्न नहुने बताए ।

उनले यही चैत १८ गतेभित्र अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पारित गर्ने स्थितिमा त्यसलाई प्रभावित पार्न सदन अवरुद्ध गरिएको बताए ।“वर्षौंसम्म त्यही निकायमा काम गरेको मान्छेलाई जिम्मेवारी दिइँदा प्रशंसा गर्नुपर्ने, त्यो नगरी प्रशंसा नगर्नुपर्नेलाई झुठा प्रशंसा गरिएको छ । गाली नगर्नुपर्नेलाई झुठा गाली गरिएको छ,” प्रधानमन्त्री ओलीले भने, “आन्दोलनका नाममा केके हुँदै छ भनेर आतंक सिर्जना गर्न खोजिएको छ । चैत १५ गते काठमाडौंका दुई स्थानमा हुने जुलुस र सभा हुन्छ, सकिन्छ । हुने त्यत्ति हो । यसलाई तिललाई पहाड बनाउनुपर्ने केही छैन ।”