ढलेको राजतन्त्र फर्कन सम्भव छैन – विप्लव
१५ चैत काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले गणतन्त्रविरुद्ध सामन्ती तत्त्वहरूले षड्यन्त्र गरिरहेको भन्दै नेपाली जनताले अग्रगमन कि पश्चगमन भनेर रोज्ने बेला भएको बताएका छन् । शुक्रवार भ्रष्टाचार, बेथिति र प्रतिगमनविरुद्ध काठमाडौँको भृकुटीमण्डपमा आयोजित चार दलीय समाजवादी मोर्चाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले गणतन्त्र आएपछि केही मान्छेहरूको उठीबास भएको बताए । उनले दुई वटा दुस्मनविरुद्ध सँगै लडेको भन्दै सामन्तवादको बन्धनलाई नेपाली जनताले उठ्नै नसक्ने गरी परास्त गरेर गणतन्त्र आएको बताए ।