सरकारले ज्ञानेन्द्रलाई कारबाही गर्न कडा कदम चालाेस् – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शनिबार, चैत्र १६ २०८१
1.9K
SHARES

१६ चैत काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार घटना नसोचेको बताएका छन् ।समाजवादी मोर्चाको बैठकमा सहभागी हुनुअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले शुक्रबार भएको हिंसात्मक गतिविधिको पूर्वतयारी नभएको देखिएको बताएका हुन् ।उनले हिजोको घटना हेर्दा प्रहरी र सरकारको तयारी नभएको बताए ।

उनले भने,‘ सरकार र प्रहरीको राम्रो तयारी देखिएन । यहाँ आक्रमण भयो भनेर जानकारी गराउँदा पनि झण्डै ४०/ ४५ मिनेटसम्म पनि पुसिल फोर्स नदेखिनु विडम्वना भन्नुपर्ने हुन्छ । हिजो हामीले यो स्तरको दुर्घटना होला भनेर सोचिएन । राजधानीको मुटुमा यस्तो विवेकहिन आपाराधिक गतिविधि हुँदा प्रहरी समयमा आउन नसक्नु यसलाई गम्भीर समिक्षा सरकारले गरोस् । र आउने दिनमा पूर्ण तयारीमा लागोस् ।’

साथै उनले ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिकता स्तरको भएको  बताउँदै सरकारले कडा कदम चाल्न आग्रह गरे ।

उनले थपे,’ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिकता स्तरको भएको पहिला पनि देखिएकै हो । अहिले पनि देखियो । यही नै समय हो सरकारले कडा कदम चालोस् । यस्ता काण्ड गर्नेलाई कानुनी दायरमा ल्याओस् । र ज्ञानेन्द्र शाहलाई पनि छाडा हुन नदियोस् ।’