नेपाल हिन्दू क्षेत्र नै हो – सभापति देउवा


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र १८ २०८१
2.3K
SHARES

१८ चैत डोटी । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल हिन्दु क्षेत्र भएको बताएका छन् ।

डोटी र डडेल्धुराको सिमानामा पर्ने गहनान क्षेत्रमा आइतवारदेखि सुरु भएको श्रीमद् देवी भागवत महापुराण ज्ञान धनधान्याञ्चल लक्ष हवन महायज्ञको शुभारम्भ गर्न डोटी पुगेका पूर्व प्रधानमन्त्री देउवाले नेपाल हिन्दु धर्म, हिन्दु संस्कृति, परम्परा मान्ने राष्ट्र भएको बताए ।

‘हिन्दू राष्ट्र नभए पनि यो हिन्दू नै हो’ उनले भने, ‘यस कारण यहाँ गौ वध दण्डनीय छ ।’