तपाईंको निलम्बन फुकुवा गर्न सक्दिनँ – सभामुख


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र १९ २०८१
2.2K
SHARES

१९ चैत काठमाडौं । सभामुख देवराज घिमिरेले आफूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको निलम्बन फुकुवा गर्न नसक्ने बताएका छन् । मंगलबार आफूलाई भेट्न आएका लामिछानेसहित रास्वपाका नेताहरूलाई घिमिरेले निलम्बन आफूले नगरेको स्पष्ट पारेको सभामुखका प्रेसविज्ञ शेखर अधिकारीले जानकारी दिए ।

“तपाईंको सांसद पद सभामुखले निलम्बित गरेको अवस्था होइन । कानुनः त तपाईंको पद निलम्बित भएको हो,” सभामुखको भनाइ उद्धृत गर्दै अधिकारीले बाह्रखरीसँग भने, “त्यसकारण मैले निलम्बन फुकुवा गर्न सक्दिनँ भन्ने कुरा बुझिदिनुपर्‍यो ।” त्यसपछि भने लामिछाने बिदा मागेर बाहिरिएका थिए ।