कार्यवाहक प्रधानमन्त्रीलाई राप्रपाको ज्ञापन


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र २१ २०८१
2.2K
SHARES

२१ चैत काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटना छानबिन गर्न स्वतन्त्र आयोग गठनको माग गरेको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहितको टोलीले बिहीबार (चैत २१) कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो ।

घटना छानबिनका निम्ति राप्रपाले गृहमन्त्री रमेश लेखकको राजीनामा समेत माग गरेको छ । मृतकलाई सहिद घोषणा, नेताहरू रवीन्द्र मिश्र, धवलशमशेर जबरालाई रिहा गर्न पनि राप्रपाले माग गरेको छ ।

त्यस दिन तीनकुनेमा राजावादीको प्रदर्शन हिंसामा परिणत भएको थियो । त्यसक्रममा दुईजनाको मृत्यु भयो । प्रदर्शनमा सहभागीका हिसाबले प्रहरीले मिश्र, जबरालगायत नेता र व्यक्तिहरूलाई पक्राउ गरेको छ ।

b1-(1)-1743661745.jpg

b1-(2)-1743661745.jpg