अर्थ समितिको बैठक स्थगित
Capital Headline
प्रकाशित मिति :
सोमबार, चैत्र २५ २०८१
2.5K
SHARES
२५ चैत काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठक स्थगित भएको छ । कोरम नपुगेपछि समितिका सभापति सन्तोष चालिसेले बैठक स्थगित गरेका हुन् । सांसदहरूले आउन नभ्याउने बताएपछि बैठक स्थगित गरिएको समितिको सचिवालयले जनाएको छ ।
बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो । आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटसहित विविध विषयमा छलफल गर्ने तय भएको थियो ।कोरम (गणपूरक संख्या) पुग्न ५१ प्रतिशत सदस्य उपस्थित हुनुपर्छ । अर्थ समितिमा २३ सदस्य छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट