बजेट तथा कार्यक्रमका लागि सुझाव माग


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र २६ २०८१
2.6K
SHARES

२६ चैत काठमाडौं । आगामी आर्थिक वर्ष २०८२।८३ को बजेट तथा कार्यक्रमका लागि सुझाव माग गरिएको छ।अर्थ मन्त्रालयले आज एक सूचना जारी गर्दै आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमका लागि सुझाव माग गरेको हो। बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयहरुका सम्बन्धकमा आफ्ना अमूल्य सुझाव आगामी वैशाख मसान्तभित्र उपलब्ध गराउन मन्त्रालयले आग्रह गरेको छ।

विभिन्न संघसंस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेसाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आमनागरिकले सुझाव उपलब्ध गराउन सक्नेछन्। सुझाव मन्त्रालयको वेबसाइट रहेको बजेट सुझावमार्फत तथा ई–मेल budgetsuggetion@mof.gov.np मा पठाउन सकिनेछ।