पाणिनि ऋषि यतै जन्मिएका हुन् – प्रधानमन्त्री


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र २७ २०८१
2.9K
SHARES

२७ चैत अर्घाखाँची । प्रधानमन्त्री केपी शर्मा ओलीले पाणिनि महर्षिको जन्मभूमि पाकिस्तानमा नभई यहीँ भएको बताएका छन् ।‘पाणिनिको जन्मभूमि अर्घाखाँची ध्यानभूमि, ज्ञानभूमि र देवभूमि हो, अरू भ्रमका कुरा हुन्’, उनले भने । अर्घाखाँचीलाई ध्यान, ज्ञान र देवभूमिको रूपमा परिभाषित गर्दै यही भूमि विश्वव्यापी ज्ञानको सुरुवात भएको ठाउँ भएको उनले बताएका छन् ।

आज अर्घाखाँचीमा आयोजित ‘पाणिनि तपोभूमि सम्मेलन’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पाणिनिको जन्मस्थान अर्घाखाँची भएकोमा कुनै शंका नरहेको प्रष्ट पारे ।