सुनको मूल्य ह्वात्तै बढ्यो


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र २८ २०८१
2.7K
SHARES

२८ चैत काठमाडौँ ।  आज सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सूनको मूल्य ६ हजार रुपैयाँले बढेको हो । महासंघले जारी गरेको मूल्यसूची अनुसार सुनको प्रतितोला मूल्य १ लाख ८१ हजार १० रुपैयाँ पुगेको छ ।  बुधबार सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार ४०० रुपैयाँ पुगेको थियो । चैत महिनामा गत २१ गते सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको थियो । आज सूनको मूल्यले सो रेकर्ड नयाँ रेकर्ड बनाएको हो ।

यस्तै, बिहीबार चाँदी प्रतितोला १ हजार ९ सय रुपैयाँ पुगेको छ ।  बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ८३५ रुपैयाँ रहेको थियो ।  सो दिन चाँदीको मूल्य प्रति तोला १ हजार ९९५ रुपैयाँ थियो ।