पहिलो पटकमै दरबारियाहरू निस्तेज भए – उपप्रधानमन्त्री पौडेल


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र २९ २०८१
2.5K
SHARES

२९ चैत रूपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले व्यवस्थाको कमजोरीलाई छोपेर प्रतिगामी तत्वहरूले टाउको उठाएको तर पहिलोपटक नै परास्त भएको बताएका छन् ।

उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका पौडेलले लुम्बिनीमा आयोजित जागरणसभामा दरबारियाहरू कहिले पनि जनतासँग काम नगरेको र सधैँ अराजकतामा रमाउन खोजेको दृष्टान्त तीनकुनेमा देखिएको बताए ।

उनले भने, ‘एक झट्कामा उनीहरूको चरित्र पर्दाफास भएको छ तर फेरि पनि उनीहरूले टाउको उठाउन सक्छन्, त्यस समयमा हामी फेरि सचेत हुनुपर्नेछ । संविधानको विरोधमा अनर्गल प्रचार गर्ने, नेपालीको एकताको अभियानमा खण्डित बनाउनेसँग सचेत हुनुपर्नेछ ।’