अदानचुली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र ३१ २०८१
2K
SHARES

३१ चैत अदानचुली । अदानचुली गाउँपालिका तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत माघ ९ गते अदानचुली गाउँपालिकालगायत जिल्लाका सबै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गरेको थियो ।

अन्य गाउँपालिकामा मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतले कामकाज गरेपनि अदानचुलीमा खटाएका परराष्ट्र मन्त्रालयमा कामकाज गरिरहेका ताम्रराज काफ्ले गाउँपालिकामा जान नमानेपछि समस्या भएको जनाइएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजनाको भुक्तानी, कर्मचारीको पारिश्रमिक, जनप्रतिनिधिको सेवा सुविधालगायत आवश्यकीय रकम भुक्तानीमा समस्या भएको हो ।