अर्थले गर्‍यो साढे ५ अर्ब रकमान्तर


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख १ २०८२
3K
SHARES

१ वैशाख काठमाडौ ।अर्थ मन्त्रालयले फागुनमा ५ अर्ब ६६ करोड रुपैयाँ रकमान्तर र निकासा गरेको छ।अर्थ मन्त्रालयले प्रशासनिक र चालू आयोजनाका लागि २ अर्ब ३८ करोड रुपैयाँ निकासा गरेको छ।

फागुन महिनामा पुँजीगततर्फ १ करोडभन्दा बढीको एक बजेट उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा रकमान्तर ३ अर्ब २८ करोड   भएको छ।

सबैभन्दा बढी राजमार्ग स्तरोन्नति तथा पुनर्स्थापना कार्यक्रमका लागि १ अर्ब ३२ करोड रुपैयाँ रकमान्तर गरी निकासा गरिएको छ। रणनीतिक सडक पुल तथा निर्माण तथा पुल पुलेसा संरक्षणका लागि १९ करोड १ लाख रुपैयाँ रकमान्तर भएको छ।

महाकाली करिडोरको नयाँ ट्रयाक निर्माण गर्न ५० करोड, वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमका लागि ११ करोड ५० लाख रकमान्तर गरेको छ। कान्तिराजपथ स्तरोन्नति गर्न २५ करोड ५ लख रकमान्तर भएको छ।