नेप्से २,७२२ को विन्दुमा


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख ४ २०८२
2.6K
SHARES

४ वैशाख काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २६ दशलमव ४९ अंकले बढेर २,७२२ को विन्दुमा कायम भएको छ । आज १८७ कम्पनीको शेयर मूल्य बढेको छ भने ५९ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।

सम्पदा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् । एचआइडीसीएलका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।आज सबैभन्दा धेरै एनआइसी एशिया डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ४ प्रतिशतका दरले गुमाएका छन् ।