सुनको मूल्य घट्यो


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख ५ २०८२
2.5K
SHARES

५ वैशाख काठमाडौं । सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।  बिहीबार हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ८०० घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी एक हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ ।