बढ्यो सुनको मूल्य


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख ११ २०८२
2.5K
SHARES

११ वैशाख काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ । आज सुन एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन प्रतितोला एक लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।   आज चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेर दुईहजार १० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।