नेको इन्स्योरेन्सको लाभांश घोषणा
Capital Headline
प्रकाशित मिति :
बिहिबार, बैशाख ११ २०८२
1.9K
SHARES
११ वैशाख काठमाडौं । नेको इन्स्योरेन्सको आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरिएको छ।कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले उक्त आर्थिक वर्षको वित्तीय विवरण पारित गर्दै हाल मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
जसमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश छन्। उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट