एउटा गभर्नर त नियुक्त गर्न सक्नुभएन – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख २२ २०८२
1.8K
SHARES

२२ वैशाख काठमाडौं । संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महिना दिन बित्दासमेत गभर्नर नियुक्त गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।

सोमबार सरकारको नीति तथा कार्यक्रमबारे बोल्न रोस्ट्रम उभिएका उनले प्रधानमन्त्री केपी शर्मा ओलीतिर हेर्दै गभर्नर नियुक्तिमा भइरहेको ढिलाइमा प्रश्न उठाएका हुन्।

‘महिना दिन बितिसक्दा पनि एउटा गभर्नर नियुक्ति गर्न सक्नुभएको छैन। दुई तिहाइको अहंकार त अब मैले हेर्दा त त्यो बेलुन फुटिसकेको देख्छु’, उनले भने, ‘हरेक नियुक्ति र निर्णयमा स्वार्थसमूह नै हाबी छ। जनताले सेवाप्रवाह सहज रूपमा पाउन सकेका छैनन्।’