ग्लोबल आइएमई बैंक पीसीआई-डीएसएसमा प्रमाणीकरण
४ जेठ काठमाडौं । ग्लोबल आइएमई बैक कार्ड प्रयोगकर्ताको डाटा सुरक्षास्तर प्रमाणीकरण गर्ने पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सेक्युरिटी स्टाण्डर्ड प्रमाणीकरण भएको छ। नेटवर्क इन्टेलिजेन्सबाट पीसीआई-डीएसएसमा प्रमाणीकरणसँगै बैंकका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षित भएको प्रमाणित भएको हो । नेटवर्क इन्टेलिजेन्स पीसीआई सेक्युरिटि स्टाण्डर्डस् काउन्सिलबाट मान्यता प्राप्त क्वालिफाइड सेक्युरिटी असेसर (क्यूएसए) हो । यो निजी संस्थाले कार्डको सुरक्षासम्बन्धी विषयहरू मूल्याङ्कन गर्ने गर्दछ।
नेटवर्क इन्टेलिजेन्सबाट कार्डको सुरक्षासम्बन्धी मूल्याङ्कन र पीसीआई-डीएसएसमा प्रमाणीकरणसँगै बैंकका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षित भएको प्रमाणित हुन्छ। बैंकले कार्ड प्रयोगकर्ताहरूको डाटाको सुरक्षा सुनिश्चितताको लागि प्रणालीगत र संस्थागत रुपमा आन्तरिक नियन्त्रण गर्न आवश्यक सुरक्षा डिजाइन र कार्यान्वयनमा विशेष ध्यान दिएको छ। प्रयोगकर्ताको डाटा सुरक्षामा बैंकले निरन्तर प्रयास जारी राखिनुका साथै आफ्नो प्रतिवद्धतालाई स्वतन्त्र रुपमा प्रमाणित गरेको हो ।