होलिडे इन् रिसोर्टमा सिद्धार्थ बैंकका ग्राहकलाई छुट


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ ४ २०८२
1.4K
SHARES

४ जेठ काठमाडौं । सिद्धार्थ बैंक र बुढानिलकण्ठस्थित होलिडे इन् रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार अब बैंकका ग्राहकले उक्त रिसोर्टमा फुड तथा सफ्ट बेभरेजमा १५ प्रतिशतसम्मको छुट पाउने भएका छन् ।

ग्राहकहरूले सिद्धार्थ बैंकको डेबिट वा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा छुटको सुविधा प्राप्त गर्ने व्यवस्था मिलाइएको छ। बैंकले यस प्रकारका सहकार्यबाट नगद कारोबारलाई डिजिटल माध्यममा रूपान्तरण गर्न मद्दत पुग्ने विश्वास लिएको छ ।

सम्झौतासँगै बैंकले ग्राहकहरुलाई डिजिटल कारोबारमा आकर्षित गर्न ‘सिद्धार्थ रिवार्ड्स’ नामक लोयल्टी सेवा पनि सुरू गरिसकेको छ । जसअन्तर्गत डिजिटल माध्यमबाट भुक्तानी गर्ने ग्राहकलाई विभिन्न आकर्षक फाइदा प्रदान गरिन्छ ।