सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको “शुभलक्ष्मी जीवन बीमा“ योजना
६ जेठ काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको शुभलक्ष्मी जीवन बीमा योजना लोकप्रिय बन्दै गएको छ । यो बीमालेखले न्यून बीमाशुल्कमा बीमाङ्कको तीन गुणासम्म जोखिम बहन गर्ने भएकाले ग्राहकवर्गको रोजाइमा परेको हो । बचत र रक्षावरण दुवैको दृष्टिकोणबाट यो उत्कृष्ट योजना हो । सामान्य स्तरको आय आर्जन र तुलनात्मक रूपमा अधिक जोखिम हुने खालका पेशा अपनाएका व्यक्तिहरूका लागि यो उत्कृष्ट योजना हो ।
योजनाको विशेषता
यस योजनाले न्यून बीमाशुल्कमा बीमाङ्कको तीन गुणासम्म जोखिम बहन गर्दछ । बीमितको प्राकृतिक कारणबाट मृत्यु भएमा बीमाङ्कको २ गुणा र दुर्घटनाको कारणबाट मृत्यु भएमा ३ गुणा रकम हकवालालाई भुक्तानी गरिन्छ । यस्तै विभिन्न १८ वटा घातक रोगमध्ये कुनै पनि एउटा रोगको पहिचान भएमा १० लाख रुपैयाँ बीमाङ्कसम्मको एकमुष्ट भुक्तानी गर्दछ । यसले बीमितलाई उपचारका लागि रकम जुटाउने तनाबबाट मुक्ति दिलाउँछ
कुनै बीमितले १० लाख बीमाङ्क भएको शुभ लक्ष्मी जीवन बीमा योजना खरिद गरे भने बीमा अवधि सकिएपछि १० लाख रुपैयाँसँगै पूरा अवधिभर आर्जित बोनस पनि एकमुष्टमा प्राप्त गर्नेछन् । यदि बीमा अवधि नसकिँदै बीमितको दुर्घटनाका कारण मृत्यु भयो भने हकवालालाई यो पोलिसी अनुसार ३० लाख रुपैयाँ र आर्जित बोनस एकमुष्टमा भुक्तानी गरिन्छ । प्राकृतिक मृत्यु भएका हकमा भने हकवालाले २० लाख रुपैयाँ र आर्जित बोनस एकमुष्टमा पाउनेछन् ।
बीमा योजनाको लागि योग्यता
यो बीमा योजना १८ वर्ष पूरा भएर ६० वर्ष ननाघेका जो कोहीले पनि खरिद गर्न सक्नेछन् । यो बीमा योजनाको अवधि न्यूनतम १० देखि अधिकतम ५२ वर्षसम्मको हुन सक्नेछ । यो योजना अन्तर्गत बीमितले आफ्नो आर्थिक क्षमता अनुसार २५ हजार देखि १० लाख रुपैयाँसम्मको बीमाङ्क रकम रहेको बीमालेख खरिद गर्न सक्नेछन् । १८ वर्षकै उमेरमा यो बीमा योजनाको अधिकतम अवधितर्फको बीमालेख खरिद गर्ने बीमित ७० वर्षको हुँदा उसको बीमा म्याच्युर हुनेछ ।
प्रिमियम तिर्ने तरिका
यो योजनामा प्रिमियम भुक्तानी गर्ने तरिका पनि लचिलो रहेका छन् । बीमितले वार्षिक, अर्धवार्षिक र त्रैमासिक गरी तीन तरिकाले प्रिमियम भुक्तानी गर्न सक्नेछन् । तपाईंले दैनिक एउटा बर्गरको पैसा बचत गरेर आफू निवृत्त हुँदा १० लाख रुपैयाँ र आर्जित बोनस रकम एकमुष्टमा भुक्तानी पाउनुहुनेछ ।