अर्थमन्त्रीले भेटे राष्ट्रपति


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ १३ २०८२
1.2K
SHARES

१३ जेठ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले भेटेका छन् ।मङ्गलवार बिहान राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेललाई अर्थमन्त्री पौडेलले भेटेका हुन् ।

उक्त भेटमा राष्ट्रपति पौडेललाई अर्थमन्त्रीले आर्थिक वर्ष २०८२/८३ को बजेटका बारेमा ब्रिफिङ गरेका छन् ।आगामी आर्थिक वर्षको बजेटबारे राष्ट्रपति भवन शीतल निवास पुगेर अर्थमन्त्रीले ब्रिफिङ गरेका राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहीबार बजेट ल्याउँदै छ ।