आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ १३ २०८२
1K
SHARES

१३ जेठ काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा १ लाख ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको भाउ भने १० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १९ सय ९५ रुपैयाँमा कायम भएको छ । हिजो चाँदी तोलाको २ हजार ५ रुपैयाँमा कारोबार भएको थियो।