३५ वर्षका लागि नबिलमा घर कर्जामा


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ १३ २०८२
1.5K
SHARES

१३ जेठ काठमाडौं । अहिले मानिसलाई आफ्नै घर अनिवार्य जस्तै भएको छ । सानो परिवार सुखी परिवारको अवधारणाले गर्दा नै मानिसहरु लाई आफ्नै र सानो घरको जरुरि परेको पाउन सकिन्छ । त्यसैले गर्दा नै आफ्नै  घरमा परिवारसँगै रमाउने अनि जिन्दगी बिताउने जो कसैको रहर  हुदै आएको पाउन सकिन्छ । अहिले जागिर, व्यवसाय वा अन्य कुनै काम गरिरहेका व्यक्तिलाई  आफ्नो घर बनाउने सोच बढेर आएको पाउन सकिन्छ । ‘घर’मानिसहरूका लागि आधारभूत आवश्यकता पनि हो ।

अहिले पहिला मानिसलाई जग्गा जोड्न र आफ्नै घर बनाउन निकै गारो स्थिति रहेको थियो तर अहिले पहिलाको तुलनामा अलि सहज भएको छ । पहिले बैंकको ब्याज निकै धेरै रहेको हुदा घरको परिकल्पना गर्न गारो थियो भने अहिले बैंकको ब्याजमा पहिलाको तुलना निकै सहजता आए पछि अलि बढी मानिसहरु आफ्नै घर बनाउनको निम्ति तयार भएको पाउन सकिन । शान्त तथा रमणीय वातावरणमा आफ्नै घर बनाउन नबिल बैंकले ल्याएको छ, ‘नबिल अफोर्डेबल हाउजिङ लोन’ लिएर आएको छ ।

आफ्नो घर बनाई बस्न चाहने मानिसहरुलाई मध्यनजर गर्दै नबिल बैंकले ‘नबिल ढुक्क घर कर्जा’ र ‘दिगो घर कर्जा’ योजना सञ्चालनमा लिएर आएको छ  । आयस्रोत कम भएका व्यक्तिहरूको घर बनाउने सपना पूरा गर्न नबिल बैंकले नबिल अफोर्डेबल हाउजिङ लोन योजना ल्याएको हो ।  निम्न तथा मध्यम वर्गका मान्छेसँग इच्छा भएपनि घर बनाउन सकेका छैन । ति वर्गलाई लक्षित गरी बैंकले यो प्रोडक्ट ल्याएका हो ।’ अहिले  धेरैले सपनाको घर बनाउन नबिल अफोर्डेबल हाउजिङ लोन लिएका छन् ।

अहिले यस्ता छन् विशेषता

अहिले नबिल अफोर्डेबल हाउजिङ लोन योजनामा बैंकले अधिकतम ५० लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्छ । साथै कर्जा अवधि ३५ वर्ष तोकिएको छ । कर्जा चुक्ता अवधि धेरै भएकाले किस्ता रकम थोरै हुने गरेको छ  साथै ५० लाख रुपैयाँ कर्जा लियो भने ३५ वर्षभित्र चुक्ता गर्नुपर्ने हुन्छ । किस्ता भने मासिक नै तिर्नुपर्छ । ३५ वर्षमा ४२० वटा किस्ता हुन्छन् ।

नबिल अफोर्डेबल हाउजिङ लोन योजनामा ब्याजदर निर्धारण गर्दा अन्य कर्जा सरह नै गर्ने गरेको छ  । जस्तो कुनै ग्राहकलाई कर्जा दिँदा आधार दरमा निश्चित प्रिमियम दर तोकेर ब्याजदर निर्धारण छ  । र नबिल अफोर्डेबल हाउजिङ लोन योजनामा आधार दरमा ०.७५ प्रतिशत प्रिमियम दर जोडेर ब्याजदर निर्धारण गरिन्छ । जसमा आधार दर मासिक परिवर्तन हुन्छ भने प्रिमियम दर स्थिर रहन्छ । ‘बैंकले अहिलेको बजार आवश्यकता हेरेर यो प्रोडक्ट ल्याएको हो ।

घर ‘कर्जा लिँदा आधार दरमा ०.७५ प्रतिशत प्रिमियम जोडेर ब्याजदर निर्धारण गरिन्छ । आधार दर प्रत्येक महिना परिवर्तन हुन्छ । तर, प्रिमियम दर भने ३५ वर्षसम्मका लागि स्थिर हुन्छ ।’  घर कर्जा योजनामा १.५० प्रतिशतभन्दा बढी नै प्रिमियम दर रहेको छ । तर, नबिलले घर कर्जामा बैंकिङ क्षेत्रमै सबैभन्दा कम प्रिमियम दर तोकेको छ ।  । बैंकले ग्राहकलाई गुणस्तरीय सेवा दिइरहेको छ । ग्राहकले सबै डकुमेन्ट उपलब्ध गराएको एक साता भित्र कर्जा प्रवाह गर्ने गरेको उनले बताइन् । कर्जाको लागि  नागरिकता, फोटो, प्यान , आम्दानी स्रोत साथ अन्य आवश्यक कागजात पनि उपलब्ध हुनुपर्दछ।