भिजिट भिसा प्रकरण : मेरो संलग्नता छैन – गृहमन्त्री लेखक


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ १४ २०८२
1.6K
SHARES

१४ जेठ काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसाका नाममा हुने भ्रष्टाचार प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।
बुधबार संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्ता नरहेको र आफ्नो राजनीतिक जीवन समाप्त पार्ने उदेश्यले षड्यन्त्र बनाएको दाबी गरे ।

हाल अख्तियार दुरुपयोग अनुुसन्धान आयोगको अनुसन्धानमा परेका अध्यागमन कार्यालका तत्कालीन प्रमुख तीर्थ भट्टराई आफू गृहमन्त्री हुनुपूर्व नै मन्त्रालयको कार्यालयमा रहेको र आफूले नल्याएको बताएका छन् ।