प्रधानमन्त्रीसँग न्युजिल्यान्डका उपप्रधानमन्त्रीको शिष्टाचार भेट
Capital Headline
प्रकाशित मिति :
बुधबार, जेष्ठ १४ २०८२
1.6K
SHARES
१४ जेठ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग न्युजिल्यान्डका उपप्रधान एवं परराष्ट्रमन्त्री विन्स्टोन पिटर्सले बुधाबर शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटका अवसरमा दुईपक्षीय हित, आपसी सम्बन्ध र सहकार्यलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो । उनीहरूबीच कृषि, पर्यटन, शिक्षा, व्यापार र लगानीका क्षेत्रमा सहकार्यमा प्रशस्त सम्भावना रहेकामा समान मत रहेको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट