गृहमन्त्रीलाई सदनमा बोल्न दिन्छौँ – माओवादी


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ २१ २०८२
1.3K
SHARES

२१ जेठ काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणमा सरकारका तर्फबाट छानबिन समिति गठन गर्ने प्रतिबद्धता आए सदन सुचारु हुने बताएका छन् ।

बुधबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले प्रधानमन्त्री, कानुनमन्त्री वा सरकारका तर्फबाट कोही पनि मन्त्रीले छानबिन समिति गठन गर्ने प्रतिबद्धता मात्र जनाए सदन सुचारु हुने उनले बताए । प्रतिपक्षी लचक भएर छानबिन समिति गठनको प्रतिबद्धता मात्र माग गर्दा पनि सत्तापक्ष त्यसमा तयार नभएको उनले बताए ।

पाण्डेले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीलाई नै किटान गरेर आरोप नलगाएको, तर गृहमार्फत रहने निकायको जिम्मेवारी गृहमन्त्रीले लिनुपर्ने धारणा राखे । सदन चलेपछि गृहमन्त्रीले आफ्ना कुरा सदनमा नै राख्न पाउने पाण्डेले बताए । संसदमा १३ गतेदेखि उठाएका मागका विषयमा प्रतिपक्षी दलको अडान कायमै रहेको उनको भनाइ छ ।