मधेसमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छ – सभापति देउवा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २३ २०८२
1.2K
SHARES

२३ जेठ धनुषा । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेसमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताएका छन् ।  पार्टीको मधेस प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारसँग कुरा गर्दै आलोपालोको सहमितअनुसार छिट्टै कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका हुन् ।

सभापति देउवाले यस विषयमा अब चाँडै सत्ता सहयात्री दलसँग छलफल गर्ने बताए ।  “आलोपालो सरकार बनाउने कुरा हो, अब छिट्टै त्यस विषयमा कुराकानी हुन्छ, कांग्रेस नेतृत्वमा सरकार बन्छ”, उनले भने ।