प्रधानमन्त्रीमा कुर्सी नछोड्ने, छोड्नु पर्‍यो भने भाँचिदिने प्रवृत्ति – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २३ २०८२
1.3K
SHARES

२३ जेठ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीमा कुर्सी पाएपछि नछोड्ने प्रवृत्ति रहेको बताएका छन् । उनले अर्को नेताका लागि खुसी भए कुर्सी राखिदिने र अलिकति केही भए कुर्सी नै भाँचिदिने प्रवृत्ति रहेको बताए ।

संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गरेका प्रचण्डले ओलीले पार्टीमा र सत्ता साझेदारसँग पनि त्यस्तै व्यवहार देखाउने गरेको बताए । “केपी ओलीजी खुसी हुनुभयो भने कुर्सी राखिहाल्नु हुन्छ, मन परेन भने कुर्सी नै भाँचिदिनुहुन्छ,” प्रचण्डले भने, “यो उहाँमा पहिलेदेखि रहेको प्रवृत्ति हो ।”