हिमालयन बैंकको न्यूरोड शाखा – २ स्थानान्तरण


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ २५ २०८२
1.2K
SHARES

२५ जेठ काठमाडौं । हिमालयन बैंक लिमिटेडले नजिक भएका शाखा सञ्जालहरुमध्ये न्यूरोड शाखा – २ लाई स्थानान्तरण गरी काठमाडौं महानगरपालिका वडा नं २७, ठमेल, काठमाडौं स्थित संचय कोष भवनबाट आज जेठ २५ गतेदेखि ठमेल शाखा नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको छ ।

उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले अन्य उच्चपदस्थ कर्मचारीहरु तथा अतिथिहरुको उपिस्थतिमा भएको हो ।हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २८६ एटीएम ८,००० भन्दा बढी पीओएस ट्रमिनल र १५,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ्क सेवा प्रदान गर्दै आएको छ ।