२०८४ मा माओवादीले बहुमत नल्याए देश संकटमा फस्छ – नेता श्रेष्ठ
३१ जेठ काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले २०८४ को चुनावमा पार्टीले बहुमत नल्याए देश थप संकटमा फस्ने बताएका छन् ।
पार्टीको दोलखा काठमाडौं सम्पर्क समन्वय समितिको छैटौँ सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले गरेको कामकै कारणले अहिले माओवादीप्रति आकर्षण बढेको सुनाए ।
उनले भने, ‘देशलाई संकटबाट मुक्त गर्न हाम्रो पार्टीको नेतृत्व आवश्यक छ । २०८४ को चुनाव आउँदैछ । देश बर्बाद भयो भन्ने अनि माओवादीलाई बहुमतको सरकार बनाउने ठाउँमा पुर्याउन सकेन भने देश झन् संटकमा फस्छ ।’